काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठक १२ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा बस्ने शिक्षामन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल गर्न बैठक बोलाइएको स्रोतले जनाएको छ।
सरकारका विभिन्न नीतिगत निर्णय, विकास आयोजनाको प्रगति तथा देशको वर्तमान अवस्थाबारे समीक्षा गर्ने एजेन्डा रहने अपेक्षा गरिएको छ।