Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

श्रीमती नै दिपक भट्टको साझेदार खुल्ने कागजात भेटिएपछि सम्पत्ति शुद्धिकरणकै महानिर्देशक छानविनको घेरामा

श्रीमती नै दिपक भट्टको साझेदार खुल्ने कागजात भेटिएपछि सम्पत्ति शुद्धिकरणकै महानिर्देशक छानविनको घेरामा

बुधवार , बैशाख ९, २०८३

काठमाडौं । विचौलिया दिपक भट्टसँग जोडिएको सम्पत्ति शुद्धिकरण प्रकरणमा गम्भीर स्वार्थको द्वन्द्व देखिएको खुलासा भएको छ ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुर स्वयं भट्टसँग व्यवसायिक साझेदार रहेको प्रमाण सार्वजनिक भएपछि अनुसन्धान प्रक्रियामाथि नै प्रश्न उठेको हो ।

सार्वजनिक विवरण अनुसार ठाकुरले आफ्नी श्रीमती राखी निहारिका ठाकुरको नाममा २० हजार कित्ता सेयर खरिद गरी भट्टसँग प्रत्यक्ष सम्बन्ध कायम गरेको देखिएको छ ।

विवादित हिमालयन रि ईन्स्योरेन्समा भट्टसहित शाहिल अग्रवाल, सुलभ अग्रवाल र शेखर गोल्छा लगायतको लगानी रहेको बताइएको छ ।

सोही कम्पनीमार्फत भट्टले अवैध कारोबार तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

अहिले प्रहरी हिरासतमा रहेका भट्टमाथि विभागले नै अनुसन्धान गरिरहेको अवस्थामा विभागकै प्रमुखसँग उनको व्यवसायिक सम्बन्ध देखिनु अत्यन्त संवेदनशील विषय बनेको छ।

यसले अनुसन्धानको निष्पक्षता, विश्वसनीयता र पारदर्शितामाथि गम्भीर प्रश्न खडा गरेको छ।

यता, नेपाल धितोपत्र बोर्डले बुधबार सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनले समेत हिमालयन रि ईन्स्योरेन्समा धितोपत्र सम्बन्धी कानुन उल्लंघन भएको औंल्याउँदै कारबाही सिफारिस गरेको छ।

यस प्रकरणले केवल एक व्यक्तिको मुद्दा मात्र नभई राज्य संयन्त्र, नियामक निकाय र व्यवसायिक समूहबीचको सम्बन्धमाथि व्यापक बहस सुरु गराएको छ ।

यसअघि पनि भट्ट समूहले बीमा लाइसेन्स प्रक्रियामा पत्रकार तथा मिडियामार्फत प्रभाव विस्तार गरेको आरोप लाग्दै आएको थियो।

यसैबीच धितोपत्र बोर्डको जाँचबुझ समितिले ऋणपत्र र सेयर खरिदबिक्रीमा बिचौलिया भट्टसँगै व्यवसायीहरू सुलभ अग्रवाल, राजबहादुर शाह, ऋषिराज मोर, शेखर गोल्छालगायतको पनि संलग्नता रहेको ठहर गरेको छ ।

अग्रवाल, शाह र मोरले पनि भट्टलेजस्तै अग्रिम रकम नदिई सेयर किनबेच गरेको जाँचबुझ प्रतिवेदनको निष्कर्ष छ ।

उनीहरूले सेयर बजारमा अवैध गतिविधि गरेको निष्कर्षसहित जाँचबुझ समितिले मुद्दा अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयमा पठाउन सुझाव दिएपछि गोल्छालगायतका व्यापारीहरु अनुसन्धानमा तानिएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077