Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएलमा हैदरावादले दिल्लीलाई हरायो

आईपीएलमा हैदरावादले दिल्लीलाई हरायो

बुधवार , बैशाख ९, २०८३

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई हराएको छ । 

हिजो बेलुका हैदरावादको घरेलु मैदानमा भएको खेलमा हैदरावाद ४७ रनले विजयी भएको हो । पहिले ब्याटिङ गरेको हैदरावादका अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ गरे ।

उनले ६८ बलमा अविजित १३५ रन बनाए । हैदरावादले २० ओभरमा २ विकेट गुमाउँदै २४२ रन बनाएको थियो । 

जवाफी ब्याटिङ गरेको दिल्लीले पूरा ओभर खेल्दै ९ विकेट गुमाउँदै १९५ रनमात्र बनाउन सक्यो । जीतसँगै हैदरावाद ७ खेलमा ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ भने दिल्ली ६ खेलमा ६ अङ्कसहित पाँचौँ स्थानमा छ । 

आईपीएल क्रिकेटमा आज लखनउमा बेलुकी पौने ८ बजे लखनउ सुपर जाइन्ट्स र राजस्थान रोयल्सले खेल्दैछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077