काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज हुँदैछ ।
फाइनलमा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुन लागेको हो । फाइनल खेल नेपाली समय अनुसार आइतबार साँझ ७ः४५ बजे अहमदाबाद मैदानमा सुरु हुनेछ ।
पहिलो क्वालिफायरमा पराजित भएको जिटी दोस्रो क्वालिफायरमा विजयी हुँदै फाइनल पुगेको हो । दोस्रो क्वालिफायरमा राजस्थन रोयल्सलाई सात विकेटले हराउँदै जिटी फाइनल पुगेको हो ।
आरसिबी समूह चरणका १४ खेलमध्ये ९ जित निकाल्दै १८ अंकका साथ शीर्ष स्थानमा कायम रहँदै पहिलो क्वालिफायरमा विजयी भएर फाइनल पुगेको टिम हो । आरसिबी लगातार आईपीएलको उपाधि उचाल्ने दाउमा छ ।