Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएलमा पञ्जाबसँग लखनउ ७ विकेटले पराजित

आईपीएलमा पञ्जाबसँग लखनउ ७ विकेटले पराजित

आइतवार , जेठ १०, २०८३

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किङ्सले लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले हराएको छ ।

लखनउमा टस हारेर पहिला ब्याटिङ गरेको लखनउले ६ विकेट गुमाएर १९६ रन बनाउन सक्यो । लखनउका लागि जोस इङ्लिस ले ४४ बलमा ७२ रन बनाए पनि जितका लागि पर्याप्त भएन । 

१९७ रनको लक्ष्य पञ्जाबले १८ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । पञ्जाबको जीतमा कप्तान श्रेयस अय्यरले ५१ बलमा अविजित १०१ रन बनाए ।

अङ्क तालिकामा पञ्जाब १४ खेलमा १५ अङ्कका साथ चौथो स्थानमा छ भने लखनउ समान खेलमा ८ अङ्कका साथ तालिकाको पुछारमा छ । आईपीएल क्रिकेटमा आज २ वटा खेल हुँदैछन् । 

पहिलो खेल मुम्बई इन्डियन्स र राजस्थान रोयल्स बीच मुम्बईमा दिउँसो पौने ४ बजे हुनेछ भने अर्को खेल बेलुकी पौने ८ बजे कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स बीच इडेन गार्डेन्समा हुनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077