Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुम्बईलाई पराजित गर्दै राजस्थान आईपीएलको प्लेअफमा

मुम्बईलाई पराजित गर्दै राजस्थान आईपीएलको प्लेअफमा

आइतवार , जेठ १०, २०८३

काठमाडौं । राजस्थान रोएल्स इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा प्रवेश गरेको छ। मुम्बई इन्डियन्सलाई ३० रनले पराजित गर्दै राजस्थानले प्लेअफमा स्थान बनाएको हो।  

जितपछि चौथो स्थानमा उक्लिएको राजस्थानको १६ अंक भएको छ । राजस्थानको जितले १५ अंकमा पाँचौ स्थानमा रहेको पञ्जाव किङ्स र अन्तिम खेल बाँकी रहेको कोलकात्ता नाइट राइडर्सको प्लेअफ यात्रा समाप्त भएको छ।

कोलकात्ताको १३ अंक छ । लिग चरणको अन्तिम खेलमा आजै राति कोलकात्ता र देल्ली क्यापिटल्सबीच खेल हुनेछ।  

वाङखडे स्टेडियममा राजस्थानले दिएको २०६ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित ओभरमा ९ विकेट गुमाएर १७५ रनमात्र बनाउन सक्यो । सूर्यकुमार यादवले ६०, क्याप्टेन हार्दिक पाण्डेयले ३३ र विल ज्याक्सले ३४ रन बनाएपनि हार भने टार्न सकेनन्।  

मुम्बईलाई सस्तैमा समेट्न जोफ्रा आर्चरले ३ तथा नान्ड्री बर्गर, ब्रिजेश शर्मा र यसराज पुन्जाले समान २ विकेट लिए।  

यसअघि पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २०५ रनको योगफल तयार पारेको थियो। उसका लागि ध्रुव जुरेलले ३८ र जोफ्रा आर्चरले ३२ रन बनाएका थिए।  

बलिङमा दीपक चाहार र शार्दुल ठाकुरले समान २ विकेट लिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077