Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बेंगलुरु लगातार दोस्रोपटक आईपीएलको फाइनलमा

बेंगलुरु लगातार दोस्रोपटक आईपीएलको फाइनलमा

बुधवार , जेठ १३, २०८३

काठमाडौं । गुजरात टाइटन्सलाई पराजित गर्दै साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ। 

मंगलबार राति भएको पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै आरसीबी लगातार दोस्रोपटक आईपीएलको फाइनलमा पुगेको हो। 

पराजित गुजरातसामु फाइनल पुग्ने दोस्रो मौका छ।

गुजरातले अब दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग खेल्नेछ।

एलिमिनेटर खेलमा आज (बुधबार) राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद खेल्नेछन्। 

आरसीबीले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको गुजरात ३ बल अगावै १ सय ६२ रनमा समेटियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077