Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको खुलापत्र - केरा किसानमाथि अन्याय भयो, बिचौलियालाई कारबाही गर्नुहोस्

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको खुलापत्र - केरा किसानमाथि अन्याय भयो, बिचौलियालाई कारबाही गर्नुहोस्

मंगलवार , बैशाख ८, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले केरा किसानले भोगिरहेको मूल्य असमानताप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै प्रधानमन्त्रीलाई खुला पत्र लेखेका छन् ।

शाहीले बजारमा केरा प्रतिदर्जन ३५० देखि ४०० रुपैयाँसम्म बिक्री भइरहे पनि किसानले केवल ७० देखि ८५ रुपैयाँ मात्र पाउनु “गम्भीर अन्याय” भएको बताएका छन् ।

उनका अनुसार उत्पादन गर्ने किसानले उचित लाभ नपाउने र उपभोक्ताले अत्यधिक मूल्य तिर्नुपर्ने अवस्था अस्वाभाविक र असमान छ।

उनले यस समस्याको मूल कारण बिचौलियाको अत्यधिक प्रभाव भएको उल्लेख गर्दै किसान सिधै बजारमा पहुँच नपुग्दा शोषणको चक्रमा परेको दाबी गरेका छन्। शाहीले यो समस्या केवल केरा खेतीमा मात्र नभई समग्र कृषि प्रणालीको संरचनागत कमजोरी भएको बताएका छन्।

उनले चेतावनी दिँदै भनेका छन्, 'यदि तत्काल समाधान गरिएन भने किसानहरू कृषि पेशाबाट टाढिने र देशको खाद्य सुरक्षा संकटमा पर्न सक्ने जोखिम बढ्नेछ।'

शाहीले सरकारसँग बिचौलियामाथि कडा कारबाही, किसानलाई न्यूनतम समर्थन मूल्य सुनिश्चित र कृषि बजार प्रणालीमा सुधार ल्याउन आग्रह गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077