काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा मन्त्रालयहरूको नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने जनाइएको छ ।
साथै गृहमन्त्री सुधन गुरुङको विवादबारे पनि छलफल माथि प्रश्न उठेपछि प्रधानमन्त्री बालेनले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।
केहीबेरअघि सभापति रवि लामिछानेलाई भेटेर गृहमन्त्री गुरुङ समेत मन्त्रिपरिषद् बैठकमा पुगेका छन् ।