Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पार्टीभित्र एकता कायम राख्दै अघि बढ्नुपर्ने देउवा पक्षको निष्कर्ष

पार्टीभित्र एकता कायम राख्दै अघि बढ्नुपर्ने देउवा पक्षको निष्कर्ष

आइतवार , बैशाख ६, २०८३

काठमाडौं । नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा निकट समूहले पार्टीभित्र एकता कायम राख्दै अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ ।

सर्वोच्च अदालतले विशेष महाधिवेशनपछि गठन भएको नेतृत्वलाई आधिकारिकता प्रदान गरेपछि उत्पन्न परिस्थितिबारे रणनीति तय गर्न आज काठमाडौंमा बसेको पूर्वकेन्द्रीय सदस्यहरूको छलफलले यस्तो निष्कर्ष निकालेको हो।

भेलामा सहभागी नेता कुन्दनराज काफ्लेका अनुसार विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूबीच संगठनलाई कुन दिशामा लैजाने भन्ने विषयमा प्रारम्भिक विमर्श भएको छ।

पार्टीलाई एकतावद्ध गर्न अहिलेको अवस्थामा सानेपाले नै सवैलाई मिलाएर नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा आफुहरुको मत रहेको काफ्लेले बताए ।

साथै, संगठनात्मक एकता मजबुत बनाउन सबै तहका नेता-कार्यकर्ताको मनोबल उच्च राख्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077