Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पार्टी एकता खलबलिने वातावरण आउन नदिन सबै सचेत र सजग हुनुपर्छ : महामन्त्री पौडेल

पार्टी एकता खलबलिने वातावरण आउन नदिन सबै सचेत र सजग हुनुपर्छ : महामन्त्री पौडेल

शनिवार , बैशाख ५, २०८३

काठमाडौं । नेपाली कांग्रेसभित्रको बहुचर्चित आधिकारिकता विवादमा सर्वोच्च अदालतको निर्णयपछि पार्टीभित्र थप ध्रुवीकरण नहोस् भन्ने सन्देश दिँदै महामन्त्री प्रदीप पौडेलले संयम र एकताको अपिल गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले अदालतको आदेशलाई कसैको “हार” वा “जीत”का रूपमा व्याख्या नगर्न आग्रह गरे। यस्तो व्याख्याले पार्टी एकतामा गम्भीर असर पार्न सक्ने चेतावनी दिँदै उनले सबै पक्षलाई जिम्मेवार बन्न आह्वान गरे।

“पार्टी एकता खलबलिने वातावरण आउन नदिन हामी सबै चेत र सजग हुनु अहिलेको अनिवार्य आवश्यकता हो,” पौडेलले उल्लेख गरेका छन्।

उनले आगामी १५औँ महाधिवेशनसम्म पार्टीलाई सुरक्षित र एकीकृत ढंगले अघि बढाइने विश्वास कार्यकर्तामा जगाउन खोजेका छन्। आन्तरिक विवाद समाधान गर्दै संगठन सुदृढ गर्ने दिशामा सबै नेता–कार्यकर्ता केन्द्रित हुनुपर्ने उनको भनाइ छ।

यसैबीच, सर्वोच्च अदालतले कांग्रेस नेतृत्वसम्बन्धी विवादमा गगन थापा पक्षलाई वैधता दिएको छ। अदालतले देउवा पक्षले पदाधिकारीमाथि गरेको कारबाही र विशेष महाधिवेशनविरुद्ध निर्वाचन आयोगमा बुझाइएको पत्रलाई कानुनी रूपमा मान्य उजुरी मान्न नसकिने ठहर गरेको हो।

सर्वोच्चले थापा नेतृत्वको कांग्रेसले संसदीय निर्वाचनमा भाग लिएकाले त्यसले राजनीतिक वैधता समेत प्राप्त गरेको निष्कर्ष निकालेको छ। साथै, निर्वाचन आयोग ले कानुन र प्रक्रिया अनुरूप काम गरेको भन्दै आयोगको निर्णयमा हस्तक्षेप गर्न नमिल्ने स्पष्ट पारेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077