Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस आधिकारिता विवाद: सर्वोच्चमा बहस सकियो, आजै आदेश आउने

कांग्रेस आधिकारिता विवाद: सर्वोच्चमा बहस सकियो, आजै आदेश आउने

शुक्रवार , बैशाख ४, २०८३

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी मुद्दामा शुक्रबार सर्वोच्च अदालतमा बहस सम्पन्न भएको छ भने आजै आदेश आउने भएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौला को संयुक्त इजलासमा दुई दिनदेखि चलिरहेको बहस शुक्रबार साँझ सकिएको हो।

शुक्रबार कांग्रेस सभापति गगन थापा पक्षका कानुन व्यवसायीले आफ्नो बहस प्रस्तुत गरेका थिए।

त्यसपछि रिट निवेदक तथा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका थिए।

जवाफी बहस सकिएपछि कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा ले इजलासमा आफ्ना धारणा राखेका थिए।

उनी दिनभर इजलासमा उपस्थित भएर बहस सुन्दै आएका थिए।

यसअघि बिहीबार देउवा पक्षका कानुन व्यवसायीले बहस गरेका थिए।

सो दिन बहस नसकिएपछि मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखिएको थियो र शुक्रबार बिहान पुनः बहस सुरु गरिएको हो।

गत पुसमा विशेष महाधिवेशनमार्फत थापा नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको थियो।

उक्त कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077