Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वराज पोखरेललाई पूर्वएसपी तिमल्सिनाको जवाफ–सिनियरलाई छिर्के दाउ लगाएर एआईजीसम्म बनेकै हो

विश्वराज पोखरेललाई पूर्वएसपी तिमल्सिनाको जवाफ–सिनियरलाई छिर्के दाउ लगाएर एआईजीसम्म बनेकै हो

सांसद बनिसक्दा पनि फण्डाको खेती गर्न छाड्नुहुन्न ?

शुक्रवार , बैशाख ४, २०८३

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेलले आफूलाई आईजी बनाउन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा.आरजु राणालाई सात करोड रुपैयाँ बुझाउन प्रस्ताव आएको भनी दिएको अभिव्यक्तिप्रति पूर्वएसपीले प्रश्न उठाएका छन् । 

पूर्वएसपी आभूषण तिमल्सिनाले बेतुकका आरोप नलगाउन भन्दै पोखरेलले प्रहरी संगठनमा कार्यरत रहँदा सबै प्रकारका सुविधा लिएको बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै तिमल्सिनाले भनेका छन्–‘आफू शक्तिमा हुँदा सिनियरलाई लडाएर, आफ्ना साथीहरुमध्ये पनि सिनियरलाई छिर्के दाउ लाएर एआइजीपीसम्म बनेकै हुन् । सांसद बनिसक्दा पनि फण्डाको खेती गर्न छाड्नुहुन्न भने हिजोका राजनीतिज्ञ र तपाईंहरुमा के भिन्नता भयो ?’

तिमल्सिनाले २०८० वैशाख १७ मा प्रहरी सेवाको उपरीक्षक (एसपी) दर्जाबाट राजीनामा दिएका थिए । तत्कालीन सरकारले एसएसपी बढुवाका क्रममा उनलाई छुटाएपछि उनले राजीनामा दिएका हुन् । विश्व पोखरेलले पनि सरकारले आफूलाई आईजीपी नबनाएको झोकमा राजीनामा दिएका हुन् । 

नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै सांसद पोखरेलले भनेका थिए– मलाई आईजीपी बनाउनका लागि अनौपचारिक रूपमा ७ करोडको माग गरिएको थियो, जुन आरजु राणा र उनी वरपरका बिचौलियाहरूसँग जोडिएको थियो, मैले त्यसलाई ठाडै अस्वीकार गरेँ।’

यस्तो छ तिम्सिनाको फेसबुक स्टाटस
आरजु राणासँग मेरो कुनै आशक्ति छैन, बरु आरजू राणाको थिचाई, मिचाई, अनि मेरो पदोन्नतिको समयमा तत्कालीन आरजु राणाका प्यादा आइजीपी बसन्त कुँवरको अक्षमता र निरिहपनाको कारण मैले २४ बर्ष पुग्न लाग्दा प्रहरी उपरीक्षक पदबाट राजीनामा दिएर प्रहरी संगठनबाट निस्किएको हुँ। 

प्रहरी संगठनमा कार्यरत रहँदा सबै प्रकारका सुबिधा लिएका हुन्, बिश्वराज पोखरेल सरले। उनले आफू शक्तिमा हुँदा सिनियरलाई लडाएर, आफ्ना साथीहरुमध्ये पनि सिनियरलाई छिर्के दाउ लाएर एआइजीपी सम्म बनेकै हुन्। 

मलाई केसम्म थाहा छ भने, यिनलाई जति नै करोड पैसा दिए पनि धीरजप्रताप सिंहलाई पछारेर यिनी आइजीपी बन्न सक्दैन थिए। धीरज पैसा खान र बाँड्न सर्वेन्द्र खनाललाई पनि जित्न सक्ने पात्र हुन्। धीरज सिंहलाई जितेर जति नै पैसा बाँडे पनि यिनी आइजीपी बन्दैन थिए । किनकी, आरजुको र शेरबहादुरको पहिलो रोजाइ नै धीरजप्रताप सिंह थिए।

तर, अहिले सांसद भइसक्दा पनि आरजुलाई हिलो छ्यापेर आफ्नो योग्यता बढाउने बिश्वराज पोखरेल सरको फण्डा देखेर पोखरेल सरको केटाकेटी पारामा हाँस उठेको छ। 

अरे पोखरेल साब १ सांसद बनिसक्दा पनि फण्डाको खेती गर्न छाड्नुहुन्न भने हिजोका राजनितिज्ञ र तपाईंहरुमा के भिन्नता भयो ? आरजुले गरेका गल्तीहरुमा छानवीन गर्नुस्, अझ तपाईं त प्रहरीको एआइजीपी भएको मानिस, एउटा सर्वशक्तिमान संसदीय छानबिन समिति गठन गर्नुस् । 

त्यसको नेतृत्व तपाईं नै गर्नुस् र गरेका र भएका अपराधहरुको प्रमाण आफैँ कानून र विधिबमोजिम संकलन गर्नुस् । अनि, सजाय दिलाउनुस न। किन बेतुकका आरोप लाउनुहुन्छ ?

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077