Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली भेट्न टिचिङ अस्पताल पुगे प्रचण्ड

ओली भेट्न टिचिङ अस्पताल पुगे प्रचण्ड

शुक्रवार , बैशाख ४, २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् ।

पत्थरीको अपरेशनपछि टिचिङ अस्पतालमा उपचाररत् ओलीलाई भेट्न बिहीबार साँझ सवा ५ बजेतिर प्रचण्ड त्यहाँ पुगेका थिए । 

'हिजो अध्यक्षज्यूलाई आइसीयुबाट सामान्य वार्डमा सारियो, त्यसपछि प्रचण्ड कमरेड अस्पताल पुग्नु भएको थियो । उहाँ स्वास्थ्यलाभको कामना गर्न आउनुभएको हो,' एमालेका एक नेताले भने ।

ती एमाले नेताले प्रचण्ड ओलीलाई भेट्न पुगेको बताउँदै स्वास्थ्यलाभको कामना गरेको बताए ।

स्रोतका अनुसार दुई नेताबीच करिब ३०/३५ मिनेट कुराकानी भएको भएको थियो।

एमाले र नेकपाको सहकार्य चर्चा चलिरहँदा प्रचण्ड-ओलीबीचको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077