काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् ।
शनिबार अस्वस्थ भएपछि प्रचण्ड अस्पताल भर्ना भएका हुन् ।
उनलाई निमोनिया भएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए।
'रुघा र ज्वरोका साथै हल्का निमोनियाका कारण उहाँलाई चिकित्सकहरुले अस्पताल भर्ना गरेर उपचार गरिरहेका छन्,' आचार्यले भने ।
तीन दिनयता उनलाई रुघाखोकी र ज्वरो आएको थियो ।
जसकारण प्रचण्ड शुक्रबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदा संघीय संसद बैठकमा सहभागी भएका थिएनन् ।