Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसले बोलायो पार्टी प्रदेश संसदीय दलका नेता र मुख्यमन्त्रीको बैठक

कांग्रेसले बोलायो पार्टी प्रदेश संसदीय दलका नेता र मुख्यमन्त्रीको बैठक

शुक्रवार , बैशाख ४, २०८३

काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशका सभापति, प्रदेश संसदीय दलका नेता,  तथा पार्टीका तर्फबाट मुख्यमन्त्री रहेकाहरूसँग छलफल गर्ने भएको छ ।

कांग्रेसले ६ वैशाखमा केन्द्रीय कार्यालय सानेपामा आयोजना हुने छलफलका लागि सातै प्रदेशका सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरूलाई बोलाएको हो ।

पार्टीले उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूबीच समन्वय गर्ने जिम्मेवारीसमेत दिएको छ।  

बैठकमा कांग्रेस नेतृत्वमा रहेका स्थानीय सरकारहरूको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

त्यसैगरी बैठकमा गण्डकी प्रदेशमा हालै गरिएको मन्त्री हेरफेरको विषय पनि उठ्ने बताइएको छ । 

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रसँग परामर्श नगरी मन्त्री नियुक्त तथा हेरफेर गरेको विषयलाई लिएर छलफल हुने जनाइएको छ ।

मुख्यमन्त्री पाण्डेले यही बैशाख २ कांग्रेस र एमालेबीच ४\४ मन्त्रालय भागबन्डा रहेको अवस्थामा बुधबार मन्त्री परिवर्तन गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077