Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज १२ संसदीय समितिले पाउँदैछन् सभापति

आज १२ संसदीय समितिले पाउँदैछन् सभापति

शुक्रवार , बैशाख ४, २०८३

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिले आज नयाँ सभापति पाउँदैछन् । सम्बन्धित समितिको बैठकमा आज सभापति निर्वाचनको कार्यसूची तय गरिएको छ।

संघीय संसद सचिवालय का अनुसार बिहीबार नै सबै समितिका सभापतिका लागि मनोनयन दर्ता भइसकेको छ र आजको बैठकमा प्रस्ताव निर्णयार्थ प्रस्तुत गरी निर्वाचित भएको घोषणा गरिनेछ।

कानून, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी र राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल को मनोनयन परेको छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भने प्रतिस्पर्धा देखिएको छ, जहाँ डा. ओजस्वी शेरचन र गुरु बराल बीच चुनाव हुने भएको छ।

त्यसैगरी सार्वजनिक लेखा समितिमा भरत बहादुर खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी र उद्योग समितिमा रहवर अन्सारी को उम्मेदवारी परेको छ।

संयुक्त समितितर्फ संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठ को मनोनयन दर्ता भएको छ। त्यस्तै राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अनुगमन समितिमा गणेश कार्की र मदन कुमारी शाह (गरिमा) बीच प्रतिस्पर्धा हुने भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077