Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदीय समितिका सभापतिहरुसँग सभामुख अर्यालको भेट

संसदीय समितिका सभापतिहरुसँग सभामुख अर्यालको भेट

सोमवार , बैशाख ७, २०८३

काठमाडौं । संसदीय समितिका नवनिर्वाचित सभापतिहरुले सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेटघाट गरेका छन् ।

सोमबार सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सभामुख अर्यालले सभापतिहरुसंग भेटघाट गरेका हुन् ।

उक्त भेटघाटका क्रममा सभामुख अर्यालले मिनी संसद्का रूपमा रहेका संसदीय समितिहरूलाई थप क्रियाशील र प्रभावकारी रूपमा अघि बढाउन सभापतिहरूलाई विशेष निर्देशन दिएका छन् । 

दलीय प्रतिनिधित्व गरेर निर्वाचित भएतापनि समितिका कामकारवाहीबा दलको आस्था र प्रभाव नदेखाउन आग्रह गर्दै उनले संघीय संसद सचिवालय र आफू सधैँ सहयोगका लागि तत्पर रहेको बताए । 

समिति सभापतिहरुले पनि आफूहरुले प्राप्त गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाएको सभामुखको सचिवालयले जनाएको छ ।

भेटघाटमा प्रतिनिधि सभाका १० र संयुक्त २ गरि १२ वटा समितिका सभापतिहरु उपस्थित थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077