काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको निर्धारित बैठक स्थगित गरिएको छ।
आज बिहान ११ बजेका लागि तय गरिएको उक्त बैठकमा समितिको कार्यक्षेत्र निर्धारण तथा आगामी कार्यदिशाबारे छलफल गर्ने कार्यसूची समावेश गरिएको थियो।
तर, प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) उपस्थित नहुने भएपछि समितिको सचिवालयले औपचारिक सूचना जारी गर्दै बैठक सञ्चालन हुन नसकेको जनाएको छ।
उक्त समितिको कार्यपरिधिभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समावेश रहन्छ। साथै, समितिका कार्यक्षेत्र गृह मन्त्रालय, रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग पर्छन् ।
समिति सचिव सहसचिव कान्छा दुलालका अनुसार समिति बैठक मन्त्री नभई बस्ने परम्परा नरहेको र समितिको कार्यक्षेत्र पर्ने प्रधानमन्त्री र मन्त्री आउन नसक्ने भएपछि स्थगित गरिएको हो ।