Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले लिए शपथ

संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले लिए शपथ

शुक्रवार , बैशाख ४, २०८३

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतका संसदीय समितिहरूका नवनिर्वाचित सभापतिहरूले शपथ ग्रहण गरेका छन् ।

आज सिंहदरबारमा आयोजना हुने कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले सभापतिहरूलाई शपथ खुवाएका हुन्।

शुक्रबार सम्पन्न निर्वाचनमार्फत १२ वटा समितिका सभापति चयन भएका थिए। निर्वाचन सम्पन्न भएलगत्तै उनीहरूको शपथ ग्रहण प्रक्रिया अघि बढाइएको हो।

निर्वाचन परिणामअनुसार राज्य व्यवस्था तथा सुशासन समितिमा रास्वपाका हरि ढकाल र कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा सोही दलकी समीक्षा बास्कोटा चयन भएकी छन्।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको सभापतिमा क्रमशः रास्वपाका अशोककुमार चौधरी र आशिष गजुरेल निर्वाचित भएका छन्। महिला तथा सामाजिक मामिला समितिको नेतृत्व आकृति अवस्थीले सम्हाल्ने भएकी छन्।

संसदीय सुनुवाइ समिति, उद्योग वाणिज्य तथा श्रम र उपभोक्ता हित समिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र अर्थ समितिको सभापतिमा क्रमशः बोधनारायण श्रेष्ठ, रहबर अन्सारी, सुम्निमा उदास र कृष्णहरि बुढाथोकी निर्वाचित भएका छन्। यी सबै पदमा पनि रास्वपाको समर्थनसहित सर्वसम्मत चयन भएको थियो ।

सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका भरत खड्का निर्वाचित भएका छन्। रास्वपाको समर्थनसहित उनको एकल उम्मेदवारी परेको थियो।

यसैबीच, बाँकी दुई समितिमा प्रतिस्पर्धा भएको थियो। राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा रास्वपाका गणेश कार्की र नेपाली कम्युनिस्ट पार्टीकी मदन कुमारी शाह ९गरिमा० बीच प्रतिस्पर्धा भएकोमा बहुमतका आधारमा कार्की विजयी भएका छन्।

त्यसैगरी प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रास्वपाकी ओजस्वी शेरचन र नेकपा एमालेका गुरुप्रसाद बरालबीच प्रतिस्पर्धा भएको थियो। उक्त समितिमा पनि रास्वपाको बहुमतका आधारमा शेरचन सभापतिमा निर्वाचित भएकी छन्।

निर्वाचित १२ सभापतिमध्ये ११ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद र लेखा समितिको सभापतिमा प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाट खड्का चयन भएका हुन् । नवनिर्वाचित सभापतिहरूले आजै आफ्नो समितिको कार्यालयमा पदबहाली पनि गरेका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077