Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विराटनगरबाट भारतीय युवक पक्राउ, भेटियो स्रोत नखुलेको ५ लाख

विराटनगरबाट भारतीय युवक पक्राउ, भेटियो स्रोत नखुलेको ५ लाख

शुक्रवार , बैशाख ४, २०८३

विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेका ३० वर्षीय आदेश कुमार चौधरीलाई शंकास्पद अवस्थामा जाँच गर्दा ठूलो परिमाणमा नगद फेला परेको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक बहादुर खड्का को कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले जाँच गर्ने क्रममा चौधरीको साथबाट ५ लाख १ सय १५ रुपैयाँ बरामद गरेको जनाएको छ।

उनले रकम कपडाको गोजी र जुत्ताभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा भेटिएको थियो। प्रहरीका अनुसार चौधरी बिहार राज्य अन्तर्गत अररिया जिल्ला, जोबनीका बासिन्दा हुन्।

उनको साथबाट भारतीय मोटरसाइकल, एक थान मोबाइल, एउटा घडी र सुनजस्तो देखिने दुई वटा औँठीसमेत बरामद गरिएको छ।

बरामद रकमको स्रोत खुल्न नसकेको र सवारी साधनको दर्ता प्रमाणपत्रसमेत नभेटिएपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077