Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लेखा समितिको सभापतिमा उम्मेदवारी दिने काँग्रेसको तयारी

लेखा समितिको सभापतिमा उम्मेदवारी दिने काँग्रेसको तयारी

बिहिवार , बैशाख ३, २०८३

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले उम्मेदवारी दिने भएको छ ।

संसदीय परम्परा अनुसार उक्त समितिको नेतृत्वमा प्रतिपक्षी दलको दाबी रहने भएकाले काँग्रेसले उम्मेदवारी दिने निर्णय गरेको हो ।

पार्टीका सांसद भीष्मराज आङ्देम्बेले लेखा समितिमा प्रमुख प्रतिपक्षी दलको स्वतः दाबी हुने भएकाले उम्मेदवारी दिन लागेको बताए।

सभापतिका लागि उम्मेदवारको नाम भने हालसम्म अन्तिम नभएको आङ्देम्बेले जानकारी दिएका छन् ।

यसैगरी अन्य संसदीय समितिहरूको नेतृत्व सम्बन्धी विषयमा विपक्षी दलहरूबीच छलफल प्रक्रिया अघि बढिरहेको छ ।

विभिन्न संसदीय समितिका सभापतिहरू चयन गर्न आज उम्मेदवारी दर्ता कार्यक्रम सञ्चालन हुँदै छ ।

संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय रहेको छ । 

समिति सभापतिहरूको मनोनयन दर्ता सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुने सूचनामा उल्लेख छ । 

सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज राईले जारी गरेको सूचनाअनुसार आजै दिउँसो साढे ४ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ ।

संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् ।

राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यसअघि नै भइसकेको छ ।

प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त दुई वटा समिति सभापतिको निर्वाचन हुन बाँकी छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077