काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय संगठन विभागको बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।
विभागको गत चैत्र २१ गते र त्यसपश्चात् भएका नियमित छलफलबाट भएका निर्णय महामन्त्री कवीन्द्र बुर्लाकोटीले बिहीबार सार्वजनिक गरेका हुन् ।
पार्टीका अनुसार बैठकले जिल्ला समितिहरूको अधिवेशन यही वैशाख १५ गतेदेखि सुरु गर्न केन्द्रीय समितिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

