Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन समितिले कांग्रेसलाई बुझायो ५२ पृष्ठ लामो प्रतिवेदन

जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन समितिले कांग्रेसलाई बुझायो ५२ पृष्ठ लामो प्रतिवेदन

बुधवार , बैशाख २, २०८३

काठमाडौं । नेपाली कांग्रेसले गठन गरेको समितिले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटना जाँचबुझ आयोगको प्रतिवेदनमाथि अध्ययन गरी समितिले प्रतिवेदन बुझाएको छ ।

कांग्रेसले चैत १९ गते जेनजी आन्दोलनका घटनाका जाँचबुझ गर्न बनेको कार्की आयोगको प्रतिवेदन अध्ययन गरी राय–सल्लाह–सुझावसहितको प्रतिवेदन बुझाउन वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोकत्वमा अध्ययन समिति गठन गरेको थियो ।

उक्त समितिले बुधबार पार्टी सभापति गगन थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा प्रतिवेदन पार्टीलाई हस्तान्तरण गरेको हो ।

प्रवक्ता देवराज चालिसेले प्रतिवेदनमाथि पार्टीले थप अध्ययन गरिरहेको बताएका छन्।

सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अब विस्तृत अध्ययनपछि औपचारिक धारणा सार्वजनिक गरिने बताएका छन्।

उनले भने- 'उक्त प्रतिवेदनमा व्यक्त गरिएका निष्कर्ष र सुझावका आधारमा नेपाली कांग्रेसले आफ्नो धारणा चाँडै सार्वजनिक गर्नेछ।'

अध्ययन समितिले लामो समयसम्म अनुसन्धान, विश्लेषण र अध्ययन गरेर तयार पारेको प्रतिवेदन ५२ पेजको लामो रहेको छ।

 

 

 


सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077