Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसको 'जरामा जाऊँ अभियान' आजदेखि, सभापति थापाले अद्यावधिकको सुरुवात गर्ने

कांग्रेसको 'जरामा जाऊँ अभियान' आजदेखि, सभापति थापाले अद्यावधिकको सुरुवात गर्ने

मंगलवार , बैशाख १, २०८३

काठमाडौं । नेपाली कांग्रेसले आज मंगलबारदेखि ‘एक महिने जरामा जाऊँ अभियान’ सञ्चालन गर्दैछ । 

जसका लागि स्थानीयस्तरमा प्रत्यक्ष रूपमा काम गर्न कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाइसकेको छ । । 

केन्द्रीय प्रतिनिधिहरूले जिल्लादेखि वडासम्म विस्तारित पार्टी संरचनाहरूका गतिविधिसँगै भ्रातृ सङ्गठनहरूको अवस्थाका बारेमा प्रतिवेदन तयार पार्ने छन्। 

कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकसँगै पार्टीको सांगठनिक गतिविधिको विश्लेषण, जनता–युवा र पार्टी बाहिरका शुभेच्छुकहरूसँग निर्वाचनको समीक्षात्मक कार्यक्रम पनि गर्नेछ ।

यो अभियानमार्फत नेपाली कांग्रेसले डिजिटल ‘कांग्रेस आईडी’ अनिवार्य गर्ने, क्रियाशील सदस्यता वडामै अद्यावधिक गर्ने, नयाँ सदस्यता वितरण गर्ने र नागरिक संवाद गर्ने लक्ष्य राखेको छ ।

पुराना क्रियाशील सदस्यहरूको सदस्यता अद्यावधिकका लागि फारम भर्नुपर्ने, फोटो खिच्नुपर्ने प्रावधान लागू गर्ने तयारी गरेको छ । वैयक्तिक विवरण संकलनका लागि कांग्रेसले सदस्यता अद्यावधिकका क्रममा फारम भर्ने, फोटो खिच्ने प्रावधान गर्न लागेको हो ।

साथै कांग्रेसले नयाँ सदस्यता वितरणमा विधानको व्यवस्था प्रभावकारी ढंगले लागू गर्ने, नयाँ सदस्यता ‘डिजिटल्ली’ खोल्ने, नयाँ व्यक्ति सदस्य बन्नका लागि सजिलो प्रावधानहरू राख्ने आन्तरिक तयारी गरेको छ । 

यसगरी सभापति गगनकुमार थापाले आज दिउँसो साढे १ बजे क्रियाशील सदस्यता अद्यावधिकको सुरुवात गर्ने भएका छन् । उनले आफूले क्रियाशील सदस्यता लिएको काठमाडौं महानगरपालिकाको ३० नम्बर वडाको इकाई कार्यालय पुगेर सदस्यता अद्यावधिक गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077