Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएलमा हैदराबादले राजस्थानलाई हरायो

आईपीएलमा हैदराबादले राजस्थानलाई हरायो

मंगलवार , बैशाख १, २०८३

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा  सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ५७ रनले हराएको छ । 

जारी आईपीएलमा राजस्थानले पाँच खेल खेल्दा यो पहिलो हार हो । हैदराबादले दिएको २१७ रनको लक्ष्य पछ्याएको राजस्थान १९ ओभरमा सबै विकेट गुमाउँदै १५९ रनमै समेटियो । 

हैदराबादका लागि इशान किशनले ९१ रनको उत्कृष्ट इनिङ्स खेले । ४४ बलमा उनले ८ चौका र ६ छक्का प्रहार गरे । हाइनरिक क्लासेनले २६ बलमा ३ छक्का र १ चौकासहित ४० रन जोडे। 

राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए । बलिङतर्फ हैदराबादका प्रफुल हिङ्गे र साकिब हुसैनले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाए । 

२४ वर्षीय विदर्भका बलर हिङ्गेले पहिलो ओभरमै ३ विकेट लिएर १८ वर्षे उमेरमा नयाँ इतिहास बनाए । अर्का डेब्यु खेलाडी साकिब हुसैनले पनि सानदार बलिङ गर्दै ४ विकेट लिए । राजस्थानका लागि डोनाभान फरेराले अर्ध शतक बनाए ।

५ खेलमा ३ हार र २ जितसहित हैदराबाद ४ अङ्कसहित तालिकाको चौथो स्थानमा छ भने ५ वटै खेल खेलेको राजस्थान ४ खेलमा जित र १ खेलमा पराजित हुँदै ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा यथावत् छ । 

आईपीएलमा आज चेन्नई सुपर किंग्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077