काठमाडौं । संघीय संसद् अन्तर्गतका संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन एवं मूल्यांकन समितिमा ६ जना सांसद मनोनीत भएका छन्।
संसद्को संयुक्त बैठक र संयुत्तः समिति (कार्यसञ्चालन) नियमावली २०८० को नियम २५ को उपनियम (२) र नियम २८ को उपनियम (२) बमोजिम २७ गतेको संसद् बैठकबाट ती सांसदहरुलाई मनोनीत गरिएको संघीय संसद् सचिवालयले जनाएको छ।
संसदीय सुनुवाइ समितिमा नर बहादुर विष्ट, आनन्द प्रसाद ढुंगाना र प्रेम प्रसाद दंगाल मनोनीत भएका छन्।
त्यसैगरी राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा किरण मदन कुमारी शाह (गरिमा), बाबु श्रेष्ठ र अन्जान शाक्य मनोनीत भएका छन्।
समितिहरूमा मनोनयनसँगै संसदीय गतिविधि अन्तर्गत सुनुवाइ प्रक्रिया तथा नीति–कार्यक्रम कार्यान्वयनको अनुगमन सम्बन्धी कामलाई अघि बढाइने छ।