काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले वर्तमान राजनीतिक अवस्थाप्रति कटाक्ष गर्दै देशको अवस्थालाई ‘लंका’सँग तुलना गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले मिडिया र सामाजिक सञ्जालमा देखिएका पछिल्ला गतिविधिप्रति टिप्पणी गर्दै सरकारमाथि व्यंग्य प्रहार गरेका हुन् ।
उनले लेखेका छन्,'आजका मिडिया र सामाजिक सञ्जाल हेर्दा रमाइलो भो । देश लंका बनिसकेछ, डाँडाभरि लाली गुराँस फुल्ने बेलामा मन्त्रीहरूको खेतबारीमा भने पहेँलपुर तोरी फुलेछ ।'
उनले थप व्यंग्य गर्दै लेखेका छन्,'समृद्धि आएछ—सुशासन त्यहीँबाट आरम्भ भैहाल्छ। म झनै खुसी, किनकि जहाँ कंगाल त्यहीँ चण्डाल भन्थे, त्यो दूर भएछ ।'
बास्कोटाको यस अभिव्यक्तिलाई हिजो सार्वजनिक भएको मन्त्रीहरूको सम्पत्ति विवरणसँग जोडेर हेरिएको छ ।