Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ऊर्जामन्त्री श्रेष्ठको सम्पत्ति : ८० लाख बचत, काठमाडौंमा दुई घर

ऊर्जामन्त्री श्रेष्ठको सम्पत्ति : ८० लाख बचत, काठमाडौंमा दुई घर

आइतवार , चैत्र २९, २०८२

काठमाडौं । ऊर्जामन्त्री बिराजभक्त श्रेष्ठले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै ८ वटा बैंकमा ८० लाखभन्दा बढी नगद मौज्दात रहेको देखाएका छन्। सार्वजनिक विवरणअनुसार विभिन्न बैंक खातामा उनको कुल ८० लाख ४० हजार ११७ रुपैयाँ बचत रहेको छ।

मन्त्री श्रेष्ठको नाममा काठमाडौंमा दुई वटा घर रहेको उल्लेख छ। काठमाडौं महानगरपालिका–२४ मा उनको आफ्नै नाममा २ आनामा बनेको घर छ भने वडा नम्बर १३ मा विकास श्रेष्ठको नाममा ४ आनामा अर्को घर रहेको छ। यी घर सगोलको सम्पत्ति बेचेर निर्माण गरिएको उनले जनाएका छन्।

उनले ८ वटा बैंकमध्ये ६ वटा खातामा रहेको रकमको स्रोत ‘स्वआर्जन’ उल्लेख गरेका छन् । त्यस्तै, सिनर्जी कोअपरेटिभ लिमिटेडमा रहेको १५ लाख रुपैयाँ पैत्रिक स्रोतबाट आएको र थप २५ लाख रुपैयाँ पैत्रिक, विवाह तथा स्वआर्जनको मिश्रित स्रोतबाट आएको विवरणमा जनाइएको छ।

चल सम्पत्तितर्फ मन्त्री श्रेष्ठसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको छ, जसको स्रोत पैत्रिक तथा विवाहजन्य उल्लेख गरिएको छ। त्यस्तै, उनले १ करोड ४५ लाखभन्दा बढी मूल्य बराबरका २० हजार ९७८ कित्ता विभिन्न कम्पनीका सेयर रहेको पनि देखाएका छन्।

ऋणतर्फ उनले बुवाबाट २० लाख रुपैयाँ, नबिल बैंक बाट गाडी खरिदका लागि ३० लाख रुपैयाँ र सिनर्जी कोअपरेटिभबाट ३५ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन्।

सवारी साधनतर्फ मन्त्री श्रेष्ठसँग करिब साढे ८ लाखमा किनेको टोयोटा ल्यान्ड क्रुजर, २ लाख ४६ हजार मूल्यको स्कुटर र १९ लाख रुपैयाँ बराबरको विद्युतीय गाडी रहेको छ।

त्यसैगरी, उनले आफूसँग करिब ३० लाख रुपैयाँ मूल्य बराबरका ब्रान्डेड घडीहरू रहेको विवरणमा उल्लेख गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077