Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपसभामुखमा रुवीकुमारी ठाकुरलाई मत हाल्ने कांग्रेसको निर्णय

उपसभामुखमा रुवीकुमारी ठाकुरलाई मत हाल्ने कांग्रेसको निर्णय

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ । 

शुक्रबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको अनौपचारिक बैठकले यस्तो निर्णय गरेको सांसद अुर्जननरसिंह केसीले जानकारी दिए  । 

उनले उपसभामुख पदमा श्रम संस्कृति पार्टी सांसद ठाकुरलाई मत हाल्न सांसदहरुलाई भनिएको समेत बताए । 

उनले भने- ‘उपसभामुखको निर्वाचनको सन्दर्भमा श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने निर्णय गर्नको लागि अनौपचारिक रूपले बसेका हौँ । 

सत्तारुढ दल रास्वपाले समेत ठाकुरलाई नै समर्थन गर्ने निर्णय गरिसकेको छ । यसैगरी नेपाल कम्युष्ठि पार्टी पनि  ठाकुरलाई नै समर्थन गर्ने जनाएको छ ।

उपसभामुखको निर्वाचन अहिले जारी छ । उक्त पदमा ठाकुर र राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दिएका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077