Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रास्वपा संसदीय दलको बैठक बस्दै

रास्वपा संसदीय दलको बैठक बस्दै

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे सिंहदरबारस्थित दलको कार्यालयमा हुने महामन्त्री तथा सांसद कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् ।

बैठकमा उपसभामुख निर्वाचन लगायत अन्य विषयमा छलफल हुनेछ। 

प्रतिनिधिसभा उपसभामुखको निर्वाचन आजै हुदैछ । त्यसअघि रास्वपाले आन्तरिक तयारी गर्न बैठक बोलाएको हो ।

आजै अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट उपसभामुख चयन गरिनेछ। उक्त पदका लागि श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामाले उम्मेदवारी दिएका छन् ।

रास्वपाले भने श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077