Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री बालेन स्वयंले लिए श्रम मन्त्रालयको जिम्मा

प्रधानमन्त्री बालेन स्वयंले लिए श्रम मन्त्रालयको जिम्मा

बिहिवार , चैत्र २६, २०८२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गर्दै उक्त मन्त्रालयको जिम्मेवारी आफैंले सम्हाल्ने निर्णय गरेका छन् ।

राष्ट्रपति कार्यालयद्वारा बिहीबार दिउँसो जारी विज्ञप्तिअनुसार श्रम मन्त्रालयको कार्यभार अब प्रधानमन्त्री शाहले प्रत्यक्ष रूपमा सम्हाल्ने उल्लेख गरिएको छ।

प्रधानमन्त्री शाहले अन्य मन्त्रीहरूको जिम्मेवारी भने यथावत् राखेका छन्। गत चैत १३ गते गठन भएको मन्त्रिपरिषद्‌मा श्रममन्त्री पद रिक्त भएपछि अब मन्त्रिपरिषद् १४ सदस्यीय बनेको छ।

राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्का सदस्यहरूको कार्यविभाजन हेरफेरसम्बन्धी विज्ञप्तिमार्फत उक्त निर्णय सार्वजनिक गरेको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077