Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलले गर्‍यो लेबनानमा अहिलेसम्मकै ठूलो आक्रमण, २५० जनाको मृत्यु

इजरायलले गर्‍यो लेबनानमा अहिलेसम्मकै ठूलो आक्रमण, २५० जनाको मृत्यु

बिहिवार , चैत्र २६, २०८२

एजेन्सी । मध्यपूर्वमा भर्खरै घोषणा गरिएको युद्धविरामकै बीच इजरायलले लेबनानको राजधानी बेरूतसहित विभिन्न क्षेत्रमा अहिलेसम्मकै भीषण हवाई हमला गरेको छ ।

गएराति कुनै पूर्वचेतावनी बिना गरिएको आक्रमणमा सयौँ मानिसको ज्यान गएको छ भने हजारौँ घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार हमलामा २५० भन्दा बढीको मृत्यु भएको छ भने ११०० भन्दा बढी घाइते भएका छन्। अमेरिकी समाचार संस्था एशोसिएट प्रेसले भने कम्तीमा १८२ जनाको मृत्यु पुष्टि गरेको जनाएको छ।

यो आक्रमण अमेरिका र इरानबीच भएको युद्धविराम घोषणा भएको केही घन्टामै भएको हो, जसले क्षेत्रीय शान्ति प्रयासमाथि गम्भीर प्रश्न उठाएको छ।

दक्षिणी लेबनन, राजधानी बेरूत र बेका भ्यालीमा करिब १० मिनेटभित्रै १०० भन्दा बढी स्थानमा हवाई आक्रमण गरिएको बताइएको छ। राजधानीका विभिन्न भागबाट कालो धुवाँ आकाशमा फैलिएको दृश्य देखिएको थियो भने एम्बुलेन्सहरू घाइतेको उद्धारमा निरन्तर खटिएका थिए।

प्रत्यक्षदर्शीहरूका अनुसार बेरूतको कोर्निच अल(माजरा क्षेत्रमा सडक र सवारीसाधनमा जलेका शवहरू छरिएको अवस्थामा भेटिएका छन्। उद्धार टोलीहरू भग्नावशेष हटाउँदै जीवितको खोजीमा जुटिरहेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077