Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएलमा दिल्लीविरुद्ध गुजरातको रोमाञ्चक जित

आईपीएलमा दिल्लीविरुद्ध गुजरातको रोमाञ्चक जित

बिहिवार , चैत्र २६, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटान्सले दिल्ली क्यापिटल्समाथि रोमाञ्चक जित निकालेको छ । 

गएराति अरुण जेट्ली रंगशालामा गुजरातले दिएको २११ रनको लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरमा सबै विकेट गुमाएर २०९ रनमा समेटियो ।

जितसँगै गुजरातले प्रतियोगितामा खाता खोलेको छ । दुई अंक जोडेको गुजरातले तीन खेलमा एक जित र दुई हार व्यहोरेको छ । 

गुजरातका राशिद खानले तीन विकेट लिए । प्रसिद्ध कृष्णाले दुई विकेट लिँदा मोहम्मद सिराजले एक विकेट लिए । दिल्लीका केएल राहुलले सर्वाधिक ९२ रन बनाए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा चार विकेट गुमाएर २१० रन बनाएको थियो ।

गुजरातका कप्तान शुभमन गिलले ७० रनको अर्धशतकीय इनिङ खेले । दिल्लीका मुकेश कुमारले दुई विकेट लिए भने लुगिं एनगिडी र कुलदीप यादवले समान एक विकेट लिए । 

दिल्लीले प्रतियोगिताको पहिलो हार व्यहोरेको छ । दिल्लीले तीन खेल खेल्दा दुई जित र एक हारसिहित चार अंक जोडेको छ । 

आईपीएलमा आज कोलकाता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट्स खेल्दैछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077