Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

मंगलवार , चैत्र २४, २०८२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । 

बैठक मंगलबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बोलाइएको हो ।

स्रोतका अनुसार आजको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्त गर्ने सम्भावना रहेको छ । 

यसैगरी प्रधानमन्त्री बालेनले बोलाएको आकस्मिक बैठकमा केही महत्त्वपूर्ण निर्णय, नीति तथा प्राथमिकता निर्धारण, प्रशासनिक निर्णय र समसामयिक विषयहरूमा छलफल हुने अपेक्षा गरिएको छ।

यसअघि आइतबार पनि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो ।

 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077