Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओली र लेखकको रिटमाथि आज पनि सुनुवाइ हुने

ओली र लेखकको रिटमाथि आज पनि सुनुवाइ हुने

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाइ आज पनि हुँदैछ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ भइरहेको मुद्दामा बहस नसकिए पछि हेर्दाहेर्दैमा रहेको हो  । 

आइतबार ओली र लेखकको तर्फबाट कानुन व्यवसायीहरूको बहस सकिएको र आज महान्यायाधिवक्ता कार्यालयका तर्फबाट सरकारी वकिलले बहस गर्नेछन्। 

ओली र लेखक दुवैका तर्फबाट पेस गरिएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन चैत १५ गते दर्ता गरिएको थियो । गैरकानुनी ढंगले पक्राउ गरेको दाबी गर्दै ओलीका तर्फबाट श्रीमती राधिका शाक्य र लेखकको तर्फबाट श्रीमती यशोदा लेखकले छुट्टाछुट्टै बन्दी प्रत्यक्षीकरण रिट निवेदन पेस गरेका हुन् । 

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको जाँचबुझ गन गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओली र लेखकमाथि अनुसन्धान र कारबाही गर्न सिफारिस गरेको थियो । आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा ओली र लेखकलाई पक्राउ गरिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077