Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएलमा बैंगलुरुको लगातार दोस्रो जित, चेन्नईको ह्याट्रिक हार

आईपीएलमा बैंगलुरुको लगातार दोस्रो जित, चेन्नईको ह्याट्रिक हार

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलुरुले चेन्नई सुपर किंग्सलाई ४३ रनले हराएको छ ।

एम चिन्नास्वामी रंगशालामा गएराति सम्पन्न खेलमा बैंगलुरुले दिएको २ सय ५१ रनको लक्ष्य पछ्याएको चेन्नई १९ ओभर ४ बलमा २  सय ७ रन बनाउँदै अलआउट भयो ।

बैंगलुरुका भुवनेश्वर कुमारले ३ विकेट लिए । ज्याकोब डफी, अभिनन्दन सिंह, क्रुनाल पाण्ड्याले समान दुई विकेट तथा सुयाष शर्माले एक विकेट लिए ।

चेन्नईका लागि सरफराज खानले सर्वाधिक ५० रन बनाए । टस हारेर ब्याटिङमा आएको बैंगलुरुले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर चेन्नईविरुद्ध २ सय ५० रन बनाएको थियो ।

जितसँगै बैंगलुरुले प्रतियोगितामा चार अंक जोड्दै शीर्ष स्थान कायम गरेको छ । अहिलेसम्म तीन खेल खेलेको चेन्नई तीनै खेलमा पराजित हुँदै अंकविहीन छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077