Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

आइतवार , चैत्र २२, २०८२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बोलाएको आकस्मिक मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहिबेर अघिदेखि सुरु भएको हो ।

प्रतिनिधिसभाका लागि सभामुख चयन भएसँगै प्रधानमन्त्रीलगायत सांसदहरू त्यहाँ पुगेका हुन्।

केहीबेरअघि संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बसेको थियो । उक्त बैठकले रास्वपा उपसभापति डीपी अर्याललाई औपचारिक रुपमा निर्विरोध सभामुख निर्वाचित भएको घोषणा गरिएको थियो ।

बैठकमा देशभर देखिएको तेल अभाव, कालोबजारी नियन्त्रण तथा बढ्दो महँगीको अवस्थाबारे गम्भीर छलफल हुने स्रोतले जनाएको छ ।

साथै, आपूर्ति व्यवस्थापन, बजार अनुगमन र मूल्य नियन्त्रणसम्बन्धी विषयमा आवश्यक निर्णय हुने छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077