Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी हुन् ७७ वटै जिल्लामा खटिएका कांग्रेसका केन्द्रीय प्रतिनिधि [नामसहित]

यी हुन् ७७ वटै जिल्लामा खटिएका कांग्रेसका केन्द्रीय प्रतिनिधि [नामसहित]

शनिवार , चैत्र २१, २०८२

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै ७७ वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको छ ।

शनिबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा प्रतिनिधिहरूसँग अन्तरसंवाद कार्यक्रम आयोजना गर्दै कांग्रेसले महाधिवेशन केन्द्रित गतिविधि औपचारिक रूपमा सुरु गरेको हो।

पार्टीका महामन्त्री प्रदीप पौडेलका अनुसार केन्द्रीय प्रतिनिधिहरू वैशाख महिनाभर जिल्लामा बसेर सदस्यता व्यवस्थापनसम्बन्धी महत्वपूर्ण जिम्मेवारी सम्हाल्नेछन्। उनीहरूले पुराना सदस्यताको अद्यावधिक, नयाँ सदस्यता वितरण, र विधानअनुसार प्रक्रिया कार्यान्वयन गर्नेछन्।

कांग्रेसले १ वैशाखदेखि महिनाभर देशभरका वडास्तरबाट क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। यसका लागि पार्टीले एक महिने विशेष सदस्यता अभियान सञ्चालन गर्ने तयारी गरेको छ।

कार्यतालिका अनुसार, वडास्तरबाट संकलित सदस्यता विवरण १५ जेठभित्र प्रतिनिधिसभा क्षेत्र र जिल्ला समितिमा पठाइसक्नुपर्नेछ। त्यसपछि क्षेत्र र जिल्लाले विवरण ‘इन्ट्री’ गरी २५ जेठभित्र केन्द्रमा बुझाउनेछन्।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077