काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
आज सुन तोलामा दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेर चार हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
हिजो ९बिहीबार० चाँदी तोलामा चार हजार सात सय ८० रुपैयाँमा कारोबार भएको थियो ।