Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएलमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो

आईपीएलमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई पराजित गरेको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५ रनले पराजित गरेको हो ।

हैदरावादले दिएको २२७ रनको लक्ष्य पछ्याएको कोलकाताले १६ ओभरमा १६१ रनमा अलआउट भयो । कोलकाताका अंगकृष रघुवंशीले ५२ रन बनाए । हैदरावादका जयदेव उनाडकटले ३ विकेट लिए । 

त्यसअघि कोलकातामा टस हारेर ब्याटिङ गरेको हैदरावादले ८ विकेट गुमाएर २२६ रन बनायो । हैदरावादका हेनरिक क्लासेनले ५२, अभिषेक शर्माले ४८ र ट्राभिस हेडले ४६ रन बनाए । 

कोलकाताका ब्लेसिङ मुजाराबानीले ४ विकेट लिए । हैदरावादको यो पहिलो जीत हो भने कोलकाता लगातार दोश्रो खेलमा पराजित भएको छ । आईपीएलमा आज चेन्नई सुपर किङ्ग्स र पञ्जाब किङ्ग्स खेल्दैछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077