काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बयान सुरु गरिएको छ । प्रहरी र सरकारी वकिलको टोलीले बिहीबार त्रिवि शिक्षण अस्पताल मै पुगेर बयान लिन थालेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पूर्वगृहमन्त्री रमेश लेखकको बयान सकिएपछि ओलीको बयान प्रक्रिया अघि बढाइएको हो । स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अस्पतालमै बयान लिइएको जनाइएको छ ।
ओलीलाई ‘जेनजी आन्दोलन’का घटनासँग सम्बन्धित आरोपमा गत शनिबार (चैत १४) भक्तपुरको गुन्डुस्थित निजी निवासबाट पक्राउ गरिएको थियो।
पक्राउपछि कानुनी प्रावधानअनुसार स्वास्थ्य परीक्षणका लागि उनलाई सोही दिन त्रिवि शिक्षण अस्पताल लगिएको थियो, जहाँ उनी हाल उपचाररत छन् । उनीमाथि अनुसन्धानथ गर्न थप दुई दिनको समय थपिएको छ ।