Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते हुने

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते हुने

बिहिवार , चैत्र १९, २०८२

काठमाडौं। राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गते हुने तय गरिएको छ। 

बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचन मिति घोषणा गरेका हुन्।

उनले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम उपाध्यक्ष पदको निर्वाचन तोकेको बताए। उनले सोही अनुसार सूचना प्रकाशन गर्न संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन दिए।

त्यसैगरी, राष्ट्रिय सभाका विषयगत समितिका रिक्त सभापतिहरूको निर्वाचन चैत २४ गते हुने भएको छ। दाहालले यसका लागि सचिव तुलबहादुर पाण्डेलाई निर्वाचन कार्यक्रमको सूचना प्रकाशित गर्न निर्देशन दिएका छन्।

राष्ट्रिय सभाको अर्को बैठक चैत २२ गते बस्नेछ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077