Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय

बिहिवार , चैत्र १९, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुख पदका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ।

आज बसेको रास्वपा संसदीय दलको बैठकले अर्याललाई सभामुख पदमा अघि सार्ने निर्णय गरेको हो ।

'संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले उपसभापति डीपी अर्याललाई सभामुख बनाउन गरेको प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ,' रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । 

संघीय संसदमा सभामुख चयन प्रक्रिया अघि बढ्ने सन्दर्भमा रास्वपाको यो निर्णय आएको हो।

आजको संसद बैठकमा सभामुख निर्वाचनमा प्रतिनिधिसभाका जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले सभामुखको निर्वाचनबारे कार्यतालिकाक प्रस्तुत गरेका थिए । 

सोहि अनुसार सभामुखको निर्वाचन चैत २२ गते हुनेछ । सरकारमा रास्वपाको बहुमत भएकाले अर्याल सभामुख बन्ने निश्चित छ । 

अर्याल काठमाडौं क्षेत्र नम्बर ९ बाट निर्वाचित सांसद हुन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077