Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएलमा दिल्लीसँग लखनउ ६ विकेटले पराजित

आईपीएलमा दिल्लीसँग लखनउ ६ विकेटले पराजित

बिहिवार , चैत्र १९, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्टसलाई पराजित गरेको छ । गएराति भएको खेलमा दिल्लीले लखनउलाई ६ विकेटले पराजित गरेको हो ।

लखनउले दिएको १४२ रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर १ बलमा ४ विकेट गुमाएर भेट्टायो । दिल्लीका समीर रिजवीले अविजित ७० रन बनाए । लखनउका प्रिन्स यादवले २ विकेट लिए । 

यसअघि लखनउमा टस हारेर ब्याटिङ गरेको घरेलु टोली १८ ओभर ४ बलमा १ सय ४१ रनमा अलआउट भयो । लखनउका अब्दुल समदले ३५ रन बनाए । दिल्लीका लुंगी न्गिडी र थांगारासु नटराजनले समान ३ विकेट लिए । 

आईपीएल क्रिकेटमा आज कोलकाता नाईट राइडर्स र सनराईज हैदरावादले खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे कोलकातामा हुनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077