Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देउवापक्षको भेलालाई लक्षित गर्दै कांग्रेस प्रवक्ता चालिसेले भने- आजका कर्मले भोलि लज्जित हुन नपारोस्

देउवापक्षको भेलालाई लक्षित गर्दै कांग्रेस प्रवक्ता चालिसेले भने- आजका कर्मले भोलि लज्जित हुन नपारोस्

मंगलवार , चैत्र १७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीभित्रको असहमति संवादबाट टुङ्ग्याउनुपर्ने बताएका छन्।

धुम्बाराहीस्थित होटल स्मार्टमा पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक जारी रहँदा प्रवक्ता चालिसेले यस्तो प्रतिक्रिया दिएका हुन्।

फेसबुकमार्फत उनले भनेका छन्- 'जब यो असहमति पार्टीभित्रको मर्यादित संवादबाट बाहिर निस्केर आत्मकेन्द्रित, समानान्तर गतिविधिमा रूपान्तरण हुन्छ, तब यसले पार्टीलाई न्याय गर्दैन, महाधिवेशन नजिकिँदै छ, यो समयमा आफ्ना स्पष्ट योजना, ठोस तर्क र सकारात्मक ऊर्जासहित कार्यकर्ताको मन जित्न लाग्नु सवैका लागि श्रेयस्कर हुन्छ, नेतृत्वको बाटो विधानअनुसार खुला छ। पार्टीको अनुशासन सबैले पालना गर्नुपर्छ। आजका कर्मले भोलि आफैंलाई लज्जित नपारोस् भन्ने सोचका साथ अघि बढौं ।'

उनले प्रजातान्त्रिक पार्टीमा फरक मत र असहमति व्यक्त गर्नु स्वाभाविक मानिएको भएपनि यसले नै संस्थागत निर्णयहरूलाई थप परिपक्व र बलियो बनाउने बताएका छन् । 

साथै चालिसेले वर्तमान गतिविधिहरूले भविष्यमा अप्ठ्यारो परिस्थिति निम्त्याउन सक्ने संकेत गर्दै निर्णय गर्दा दीर्घकालीन प्रभावलाई ध्यानमा राख्नुपर्ने उल्लेख गरेका छन्।

गत पुस ३० गते विशेष महाधिवेशनबाट र्निवाचित भएर निर्वाचन आयोगबाट समेत आधिकारिकता पाइसकेको सभापति गगनकुमार थापा पक्षको काँग्रेसलाई अस्वीकार गर्दै देउवा पक्षका पूर्णबहादुर खड्का, शेखर कोइराला समूहका नेताहरूले तत्कालिन केन्द्रीय समिति बैठक जारी राखेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077