Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दार्चुलामा जिप दुर्घटना हुँदा दुई जना सरकारी कर्मचारीको मृत्यु, चार जना घाइते

दार्चुलामा जिप दुर्घटना हुँदा दुई जना सरकारी कर्मचारीको मृत्यु, चार जना घाइते

मंगलवार , चैत्र १७, २०८२

दार्चुला। दार्चुलामा जीप दुर्घटना हुँदा दुई जना सरकारी कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ ।

मंगलबार बिहान शैल्यशिखर नगरपालिका-४ ओसिलको देखालामा ओसिलबाट गोकुलेश्वरतर्फ जाँदै गरेको सु.प.प्र ०१–००१ ज १६४१ नम्बरको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दार्चुलामा कार्यरत सब–इन्जिनियर मनिषा पाल र सोही कार्यालयका कर्मचारी भरत तितरोको घटनास्थलमै मृत्यु भएको दार्चुलाका प्रहरी प्रमुख गौरब महतले जानकारी दिए ।

शैल्यशिखर नगरपालिका-४ ओसिलमा योजना अनुगमनका लागि गएको उक्त जिप मंगलबार बिहान करिब ९ बजेतिर दुर्घटनामा परेको थियो ।

यसैगरी दुर्घटनामा परी चार जना घाइते पनि भएका छन् । घाइते हुनेमा शैल्यशिखर नगरपालिका-४ का अकबर महर, सोही स्थानका गाडीधनी विक्रम महर, चालक प्रकाश ठगुन्ना तथा मालिकार्जुन गाउँपालिका-५ डाडाकोटका मिनबहादुर पाल रहेका छन्।  

घटनाबारे जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय दार्चुला तथा इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ ।  दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077