Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रोल्पा दुर्घटनाः एकै परिवारका ७ जनाले गुमाए ज्यान, ९ जना दाङका

रोल्पा दुर्घटनाः एकै परिवारका ७ जनाले गुमाए ज्यान, ९ जना दाङका

शुक्रवार , बैशाख १८, २०८३

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–१ जलजला भन्ने ठाउँमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७ जना एउटै परिवारका सदस्यहरू रहेको खुलेको छ ।

रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ टाकुराका एकै परिवारका ७ जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बीरेन्द्र बस्नेतले जानकारी दिए ।

दुर्घटनामा परेर २० जनाले ज्यान गुमाएका थिए । तीमध्ये ९ जना दाङका व्यक्ति रहेको वडाध्यक्ष बस्नेतले बताए ।

९ जना सिस्ने–५ टाकुराका र एक जना भूमे गाउँपालिका–५ का व्यक्ति रहेको उनले बताए । उनका अनुसार, एकै परिवारका दुई दाजुभाइका ७ जनाले दुर्घटनामा ज्यान गुमाएका हुन् ।

वडाध्यक्ष बस्नेतले भने–‘दाजुको परिवारको छोरो, बुहारी, श्रीमती र नाती गरेर ४ जना तथा उहाँकै भाइ साइँलाको श्रीमती, छोरी र छोरो पनि दुर्घटनामा पर्नुभएको छ । 

उनका अनुसार, मृतकहरूको नाम संकलन हुँदैछ ।

जीप करिब ८ सय मिटर तल झरेको थियो । बिहीबार पानी परेकाले र रात परेपछि खोज तथा उद्धार स्थगित गरिएको थियो । शुक्रबार बिहानैबाट सुरक्षाकर्मीसहितको पहलमा उद्धार गरेर अहिले थवाङतर्फ शव ल्याउन लागिएको हो ।

दुर्घटनास्थल पुगेका सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले बिहीबार राती यत्रतत्र छरिएका शवलाई दुईस्थानमा जम्मा गरेका थिए । एक स्थानमा ८ र अर्को स्थानमा १२ शव राखेर रातभर शव कुर्नुपरेको थियो । 

रुकुमपूर्वबाट थवाङ गाउँपालिका–१ जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जीप बिहीबार दिउँसो दुर्घटना भएको थियो । मृत्यु हुनेमा १२ जना महिला, ४ जना पुरुष र ४ जना बालक छन् । पूर्वी रुकुम सिस्ने गाउँपालिका(५ टाकुराबाट जीप रिजर्भ गरी आएका तिर्थालु दुर्घटनामा परेका थिए ।

रुकुमपूर्व सिस्ने गाउँपालिका–५ का ३२ वर्षीय समिर कामी घाइते छन् । उनलाई राति नै अस्पताल लगिएको थियो । 
बैशाख १८ गते जलजलामा हुने बाह्र भाई बराह र बाईस बहिनी बजुको पुजाआजाका लागि उनीहरू आएका थिए । जलजला यस क्षेत्रको ठूलो धार्मिकस्थल हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077