Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रोल्पा जिप दुर्घटनाको २ दिनपछि रास्वपाद्धारा दुःख व्यक्त

रोल्पा जिप दुर्घटनाको २ दिनपछि रास्वपाद्धारा दुःख व्यक्त

शनिवार , बैशाख १९, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रोल्पामा भएको जीप दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

पार्टीका प्रवक्ता मनिष झालेले घटना भएको दुई दिनपछि विज्ञप्ति जारी गर्दै दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिका–जलजलातर्फ जाँदै गरेको जीप दुर्घटनामा एकैपटक ठूलो मानवीय क्षति भएको भन्दै रास्वपाले उक्त घटनालाई अत्यन्त पीडादायी र स्तब्ध बनाउने बताएको छ।

विज्ञप्तिमा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। साथै, कठिन भौगोलिक अवस्था हुँदाहुँदै उद्धारमा खटिएका सुरक्षा निकाय र टोलीको साहस तथा समर्पणको उच्च प्रशंसा गरिएको छ।

रास्वपाले यो घटनाले नेपालमा सडक सुरक्षाको कमजोर अवस्थालाई पुनः उजागर गरेको उल्लेख गर्दै यस्ता दुर्घटनालाई केवल तथ्यांकका रूपमा नभई नागरिकको जीवनसँग जोडिएको संवेदनशील विषयका रूपमा लिनुपर्ने धारणा राखेको छ।

पार्टीले भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन सवारी सुरक्षा सुधार, कडा ट्राफिक अनुशासन कार्यान्वयन र आवश्यक पूर्वाधार विकासमा दृढताका साथ अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ। उक्त जीप दुर्घटनामा २० जनाको मृत्यु भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077