Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रोल्पा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो

रोल्पा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुग्यो

बिहिवार , बैशाख १७, २०८३

रोल्पा । रोल्पाको दुर्गम क्षेत्रमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ ।

नेपाल प्रहरीका अनुसार थवाङ गाउँपालिका–१ जलजलामा रुकुम पूर्वबाट जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जिप दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापाका अनुसार जिप सडकबाट करिब ८०० मिटर तल भिरमा खसेको थियो, जसका कारण ठूलो मानवीय क्षति भएको हो ।

प्रहरीले प्रारम्भिक रूपमा जिपमा जलजलामा लाग्ने मेलामा सहभागी हुन जाँदै गरेका यात्रु सवार रहेको अनुमान गरेको छ। हरेक वर्ष वैशाख पूर्णिमाको अवसरमा यस क्षेत्रमा मेला लाग्ने गर्दछ।

दुर्घटनापछि उद्धार कार्य तीव्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ। घटनास्थल दुर्गम भएकाले उद्धारमा कठिनाइ भइरहेको छ।

हालसम्म मृतकहरूको सनाखत हुन नसकेको र घाइतेहरूको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077